विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड ५५ लाख

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड ५५ लाख

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷२०८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ लाख रुपिँयाको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको दशौं अधिवेशनमा उपप्रमुख शिल्ला निराला कार्कीले नीति तथा कार्यक्रमसहित प्रस्तुत बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै एक अर्ब कम हो ।

चालु आर्थिक वर्षका लागि महानगरपालिकाले ४ अर्ब ६३ करोड २ लाख २८ हजार ५०० सयको बजेट ल्याएको थियो । उक्त बजेटको आकार संशोधन गर्दै यथार्थ आयका आधारमा २ अर्ब ३२ करोड ८१ लाख १६ हजार अनुमान गरिएको छ ।
आगामी वर्षका लागि आम्दानीतर्फ संघीय सरकार अन्तर्गत वित्तीय हस्तान्तरण भई आउने ४५ करोड ६८ लाख प्रदेश सरकार २१ करोड १७ लाख २९ हजार, राजश्व बाँडफाँड अन्तर्गत मूल्य अभिबृद्धि कर अन्तःशुल्क २१ करोड १७ लाख २९ हजार, घरजग्गा रजिष्ट्रसनबाट ८८ करोड ८२ लाख ९३ हजार, सवारी साधन कर (प्रदेशबाट) ३ करोड ९९ लाख ४७ हजार अनुमान गरिएको छ ।

यसैगरी संघीय सरकार सशर्त अनुदानबाट ७२ करोड १७ लाख, प्रदेश सरकार ९० लाख लाख, समपुरक अनुदान प्रदेशबाट एक करोड ४० लाख, जिल्ला समन्वय समितिबाट एक करोड, करुण फाउण्डेशन ९० लाख, यूएनएफपीए आईपास सीएमसी २० लाख, सडक बोर्डबाट एक करोड ५० लाख, विशेष अनुदान ४० करोड, आन्तरिक राजश्वतर्फ एकअर्ब, जनसहभागिता ८ करोड, नगरविकास कोषबाट ऋण १० करोड १९ लाख हुने अनुमान गरिएको छ ।

यसैगरी व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ६१ करोड ३५ लाख ५० हजार, समपूरक कार्यक्रममा ४७ करोड २० लाख, आर्थिक विकास अन्तर्गत सहकारी, उपभोक्ता हित संरक्षण, पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास, पशुपंषी तथा भेटेरिनरी र कृषि विकासमा १३ करोड ८० लाख, सामाजिक विकास १५ करोड ९६ लाख, पूर्वाधार विकासमा एक अर्ब ७० करोड ९८ लाख १७ हजार बिनियोजन गरिएको छ ।
यसैगरी वन वनवातावरण तथा विपद् व्यवस्थापनका लागि ३ करोड ५५ लाख, सुशासन तथा संस्थागत विकास चार करोड ३५ लाख बिनियोजन गरिएको छ । यसैगरी समपूरक विशेष सशर्त ऋण तथा संघसंस्थाको कार्यक्रमको कूल खर्च १ अर्ब २६ लाख रुपिँया अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्