विराटनगर आयल निगम अगाडी राप्रपाको सडक अवरुद्ध (फोटो फिचर सहित)

विराटनगर आयल निगम अगाडी राप्रपाको सडक अवरुद्ध (फोटो फिचर सहित)

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति मोरङले आयल निगम अगाडी शुक्रबार आदा घण्टा सडक अवरुद्ध पारेको छ ।

सरकारले पेट्रोलियम पदार्थमा अत्याधिक मूल्यवृद्धि गरेको भन्दै आयल नियम घेराउ गर्दै सडकमा बसेर आदा घन्टा सडक अवरुद्ध पारेको हो । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मोरङ सहित विरोध प्रदर्शनमा सहभागीहरुले सरकार र आयाल निगम विरुद्ध चर्को नारावाजी गर्दै सडक अवरुद्ध पारेका थिए ।
मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग सहित किशानलाई मल र विउ तुरुन्त उपलब्ध गराउनुपर्ने ,गुणस्तरिय शिक्षा देउ ,गरिबलाई बाच्न देउ जस्ता प्ले कार्ड बोकेर उनीहरु सडकमा बसेका थिए ।

२०७९ असार ५ गते रातीको १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा २१, डिजेल तथा मट्टितेलमा २७, आन्तरिक हवाई इन्धनमा १९ र बाह्य हवाई इन्धनमा १०० अमेरिकी डलरले मूल्यवृद्धि गरेको छ ।


साविकको खुद्रा मूल्यमा गरिएको वृद्धि पश्चात हाल पेट्रोल १९९, डिजेल तथा मट्टितेल १९२ र आन्तरिक हवाई इन्धन १८५ रुपैयाँ प्रतिलिटरका दरले बिक्री भईरहेको छ ।

निगमले एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ ।

तर, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको प्रभाव अन्य क्षेत्रमा समेत परेकाले आम नागरिकको दैनिकी कष्टकर बन्दै गएपछी सांकेतिक रुपमा सरकार र आयल निगम विरुद्ध प्रदर्शन गरिएको राप्रपा मोरङका अध्यक्ष माधव प्रसाद आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्