विराटनगरमा जारी स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलका खेल सम्पन्न

विराटनगरमा जारी स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलका खेल सम्पन्न

विराटनगर । स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलको खेल सम्पन्न भएको छ ।

प्रतियोगिताअन्तर्गत शुक्रबारको मेन्स सिंग्लसमा संखुवासभाका प्रवीन लिङ्थेप, राजधानी युथ क्लबका सुप्रिम पन्त, भोजपुरका विशाल तामाङ, धनकुटाका विशाल पराजुली, संखुवासभाका सुनिल कार्की, बेल्टार ब्याडमिन्टन एकेडेमीका विनय चौधरी, धरानका योदेश राई, भोजपुरका सत्यम सुब्बा र भोजपुरकै विशाल तामाङ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्यसैगरी, मेन्स डबलतर्फ रानी मिल्स एरियाका भुपेन्द्रकाजी निरौला र ताराचन्द्र राई, भोजपुरका सत्यम सुब्बा र विशाल तामाङ, विराटनगर ब्याडमिन्टन कबलका शशी चौधरी र फुर्थेम शेर्पा, इटहरी ब्याडमिन्टन क्लबका मुनहाङ राई र लाक्पा शेर्पा तथा पाँचथर ब्याडमिन्टन क्लबका दिपेन मगर र सूर्य राईको जोडी विजयी भए ।

त्यस्तै बेल्टार ब्याडमिन्टन एकेडेमीका विनय चौधरी र के मगर, डि आङ्देम्बे र के श्रेष्ठ, संखुवासभाका निश्चल खत्री र प्रविन लिङ्थेप, विराटनगर ब्याडमिन्टन क्लबका विनोद डाँगी र मनोज लाखे, बेलाबारीका दिपक आङ्देम्बे र विकाश श्रेष्ठ, ललितपुरका सुमन महर्जन र सुनिलमान शाक्य तथा विराटनगर ब्याडमिन्टन क्बलका राजेश चौधरी र सन्दीप पोखरेल विजयी हुँदै सेमिफाइनलमा पुगे ।

यसैगरी, मास्टर ५५ वर्षमाथि डबलतर्फ इटहरी ब्याडमिन्टन क्लबका कुमार घले र नारायण खतिवडा तथा राजधानी युथ क्लबका कृष्ण विष्ट र नर्वु लामा सेमिफाइनलमा पुगेका छन् । वुमेन्स सिंग्लसतर्फ पाँचथर ब्याडमिन्टन क्लबकी रिना तामाङ, बेल्टार ब्याडमिन्टन एकेडेमीकी रोशी राई र विर्तामोडकी अन्जना राई विजयी हुँदै सेमिफाइनलमा पुगे । विराटनगर ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगितामा प्रदेश १, मधेस प्रदेश, बाग्मीत र गण्डकी प्रदेशका गरी १ सय ५० जना पुरुष र महिला खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगितको मेन्स सिंग्लसको प्रथमले नगद २० हजार, द्वितीयले ११ हजार र तृतीयले ५ हजार, मेन्स डबल्सको प्रथमले नगद २० हजार, द्वितीयले ११ हजार र तृतीयले ५ हजार, उमेन्स सिंग्लसतर्फ प्रथमले नगद १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ५ हजार, मास्टर ४५ वर्षमाथिको प्रथमले नगद १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ५ हजार तथा मास्टर ५५ वर्षमाथिको प्रथमले नगद १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ५ हजार रुपैयाँका साथै ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्