मोरङको मनमोहन पोलिटेक्निकलाई सीप प्रमाणिकृत स्विकृती

मोरङको मनमोहन पोलिटेक्निकलाई सीप प्रमाणिकृत स्विकृती

विराटनगर । मोरङको बुढीगंगा–४ हात्तीमुडास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको आङ्गिक क्याम्पस मनमोहन पोलिटेक्निकले प्रमाणिकृत सीप परिक्षण केन्द्रको अनुमति पाएको छ ।

केन्द्रिय सीप परिक्षण केन्द्रको स्विकृतीमा मनमोहन पोलिटेक्निकले प्रमाणिकृत सीप परिक्षण केन्द्रको अनुमति प्राप्त गरेको हो । सीप परिक्षण केन्द्रका रुपमा मान्यता पाएपछि बिहिबार मनमोहन पोलिटेक्निकले शिक्षक र कर्मचारीहरुलाई सवलीकरणका निम्त्ति मानव संशाधन विकासबारे अभिमुखीकरण समेत गरेको छ । पर्याप्त भौतिक पुर्वाधार र दक्ष जनशक्ति लगायतका बिशेषताका कारण मनमोहन पोलिटेक्निकले सीप परिक्षण प्रमाणिकरणको अनुमति प्राप्त गरेको कलेजका प्राचार्य इ. सुदीप अधिकारीले बताए ।

मनमोहन प्राविधिक विश्वविद्यालयका सभा सदस्य सत्यनारायण चौधरी सीप परिक्षण अनुमति प्राप्त भएसँगै पोलिटेक्निकको ख्याती झन बढेर गएको बताउँछन् । सीप परिक्षण गर्ने स्विकृती प्रदान गरेर केन्द्रिय परिक्षण केन्द्र र प्रदेश १ सरकारले गुन लगाएको उनको भनाई छ ।
शुक्रबार प्रमाणिकृत सीप परीक्षण सबलीकरणका निम्त्ति प्रदेश १ सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत गोपालप्रसाद दाहाल, सिटिईभिटीका प्रदेश १ निर्देशक शिवप्रसाद दाहा र सीप विज्ञ सिपी तिम्सिना लगायतले पोलिटेक्निकका कर्मचारी र शिक्षकहरुलाई अभिमुखिकरण गराएका थिए ।

प्रदेश १ मा भने मोरङको मनमोहन पोलिटेक्निकसँगै इलामको रत्नवान्तवा र भोजपुरको सुम्निमा केन्द्रले समेत सीप परीक्षण गरी प्रमाणीकरणको स्विकृति प्राप्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्