विराटनगर । डिजिटल भुक्तानी प्रर्वद्धनका निम्त्ति एनआईसी एशिया बैंकको विराटनगर शाखाले अटो तथा सिटी रिक्सा चालकहरुलाई निःशूल्क क्युआर कोड हस्तान्तरण गरेको छ ।
सवारीसाधन तथा यातायातको क्षेत्रमा डिजिटल कारोबार बढाउने उद्देश्य सहित बैंकले विराटनगरका ४ सय अटो तथा सिटी रिक्सा चालकहरुलाई क्युआर कोड प्रदान गरेको हो । शुक्रबार एक कार्यक्रमका बिच बैंकका प्रदेश १ प्रमुख विकास खरेलले इ–रिक्सा सदस्यहरुलाई क्यूआर भुक्तानी सेवा प्रदान गरेका हुन् । यसले समग्र विराटनगर महानगरपालिका क्षेत्रमा डिजिटल कारोबार बढाउन निकै सहयोग पु¥याउने बैंकले जनाएको छ । बैंकका अनुसार क्यूआर कोडबाट डिजिटल भुक्तानी लिई बैंकमा बचत गर्दा आम्दानीको समेत उचित सदुपयोगको वातावरण सिर्जना हुनेछ ।
बैंकले नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछयाउँदै देशका हरेक क्षेत्रमा क्यूआर भुक्तानी सेवा वितरण गर्ने बिशेष अभियान नै चलाईरहेको छ । हाल बैंकले प्रदेश १ का विरटनगर, इटहरी, धरान, दमक, विर्तामोड लगायतका प्रमुख शहरहरुमा २५०० बढी क्यूआर कोड वितरणको तयारी गरेको छ । बैंकले हाल क्यूआर कोड सेवा प्राप्त गर्नका निम्त्ति सर्वश्रेष्ठ सहज बचत खाता खोलेका ग्राहकहरुलाई शुन्य मौज्दातमै १ वर्षका निम्त्ति रु. १० लाख बराबरको दुर्घटना बिमा समेत उपलब्ध गराउँदै आएको छ । क्यूआर वितरण कार्यक्रममा बोल्दै विराटनगर उप-प्रादेशिक प्रमुख दिवाकर भट्टराईले यसरी क्यूआर कोडबाट डिजिटल भुक्तानी लिई बैंकमा बचत गर्दा आम्दानीको उचित सदुपयोग हुने बताए ।
एनआईसी एशिया बैंकको भने मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटिएम र १०२ वटा विस्तारित काउन्टरहरु रहेका छन् ।