डिजेलमा २९ र पेट्रोलमा २० रुपियाँले मूल्य घटाउने सरकारको घोषणा

<span class='c1'>डिजेलमा २९ र पेट्रोलमा २०</span> <span class='c2'>रुपियाँले मूल्य घटाउने सरकारको घोषणा</span>

विराटनगर । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ घटाएकाे जानकारी दिए । डिजेलमा २९ रुपियाँ, पेट्रोलमा २० रुपियाँ कर कटौती गरेको बताए । उनका अनुसार कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपियाँ पर्नेछ । नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ मूल्य बढाएको थियो ।

अहिले पेट्रोल प्रतिलिटर १९९ रुपियाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपियाँमा कारोबार भइरहेको छ । कर घटाएर पेट्रोलियम पदार्थकाे मूल्य घटाइएकाे मन्त्री बडुले पत्रकार सम्मेलनमा बताए ।

सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्