पेट्रोलमा २० र डिजल २९ रुपैयाँले घट्यो, आज राति १२ बजेदेखि लागु हुने

पेट्रोलमा २० र डिजल २९ रुपैयाँले घट्यो, आज राति १२ बजेदेखि लागु हुने

विराटनगर । आज राति १२ बजेदेखी लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटेको छ । मन्त्रिपषद बैठकको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोल प्रति लिटर २० रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको हो ।

अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ६३ पर्नेछ । सरकारले कर कटौती गरी मूल्य घटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ । अहिले पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १ सय ९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्