सातौं संस्करणको मिस कोशी २०२२ हुने

सातौं संस्करणको मिस कोशी २०२२ हुने

विराटनगर । सातौं संस्करणको मिस कोशी २०२२ हुने भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा मिस कोशी प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगिहरूको लागि आयोजकले आवेदन खुल्ला गरेको छ । मिस कोशीमा सहभागी हुनेहरूले अनलाइन र पूर्वी सहरहरू धरान, इटहरी, इनरुवा, झापा र विराटनगरमा तोकिएको स्थानमा पुगेर पनि आवदेन दिन मिल्ने जय मिडिया म्यानिजमेन्ट प्रालिका चियरमेन जय राज रायले जानकारी दिए । प्रतियोगिताको अडिसन साउनबाट सुरू हुनेछ । अडिसनबाट छनौट भएका प्रतियोगिहरूको लागि भदौमा प्रशिक्षण सुरु हुनेछ । फाइनल असोजमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १६ देखि २८ वर्ष उमेरका अबिवाहित किशोरीहरूले भाग लिन पाउनेछन् । प्रतियोगिताको बिजेताले स्कुटी र विभिन्न गिफट ह्याम्परहरू प्राप्त गर्नेछन् ।

यसअघिका बिजेताहरूमा प्रशिका श्रेष्ठ, रेखा कार्की, बे्रनी ताम्राकार, सुजना खड्का, निरुता नेपाल र सुसम केसी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्