बढ्दो लागुऔषध अपराध, विराटनगरमा सचेतना

बढ्दो लागुऔषध अपराध, विराटनगरमा सचेतना

विराटनगर । चालु आर्थिक वर्षको दुई महिना (चैत–जेठ) मा लागुऔषधसँग सम्बन्धित घटनामा संलग्न ६० जना पक्राउ परे । गत साउनदेखि जेठसम्मको ११ महिनामा २६५ घटना लागुऔषधसँग सम्बन्धित भए । गत आर्थिक वर्षको चैत–जेठ दुई महिनाको अवसरमा ५१ र आर्थिक वर्षको अवधीभर १७६ वटा अपराधका घटना लागुऔषधसँग सम्बन्धित थिए ।

वर्षेनी बढ्दो लागुऔषध अपराधलाई नियन्त्रण गर्न शनिबार विराटनगरमा स्थानीय प्रशासनको उपस्थितिमा सचेतनामूलक कार्यक्रम आयोजना गरियो । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र प्रहरी प्रमुख शान्तिराज कोइरालाको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

विराटनगर–१६ हुलासचौकमा कार्यक्रम आयोजना गरिएको थियो । सीमापारीबाट लागुऔषध बोकेर नेपाल भित्रने युवाहरु धेरैजसो सीमा क्षेत्रमा पक्राउ पर्दछन् । औपचारिक सचेतनाको कार्यक्रमले त्यस्ता युवाहरुलाई सहि बाटोमा ल्याउन सकिने अपेक्षा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्