विराटनगर र कटहरीमा बिद्युत चोरी गर्ने आठजना पक्राउ

विराटनगर र कटहरीमा बिद्युत चोरी गर्ने आठजना पक्राउ

विराटनगर । विराटनगर र कटहरी गाउँपालिकाबाट बिद्युत चोरीमा संलग्न आठ जना पक्राउ परेका छन् । नेपाल बिद्युत प्राधिकरण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

विराटनगरबाट ४ जना परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१९ का २९ वर्षीय महानन्द चौधरी, ५० वर्षीय रञ्जित पासवान, ४३ वर्षीय शेरबहादुर सार्की, ५६ वर्षीय हरिचरण पासवान छन् । यसैगरी कटहरी गाउँपालिका–१ का २२ वर्षीय रोशन गिरी, १८ वर्षीय विकाश घिमिरे, ४१ वर्षीय सञ्जय मग्राती र ३७ वर्षीय दिलिप राजवंशी छन् ।

बिद्युत चुवाहट गरेको सूचनाका आधारमा प्राधिकरण र प्रहरीको संयुक्त टोलिले उनीहरुलाई पक्राउ गरेको थियो । रातको समयमा अवैध तरिकाले हुकिङ गरी विद्युत् चोरी गरेर प्रयोग गर्ने गरेको पाइएपछि पक्राउ गरिएको हो । चोरीको बिजुली घरमा विभिन्न इलेक्ट्रोनिक सामग्रीदेखि लिएर सिटी सफारी चार्ज गर्ने गरिएको अवस्थामै टोलिले शनिबार राती पक्राउ गर्न सफल भएको थियो ।

प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काले बिद्युत चुवाहट गरेको सूचना आधारमा उनीहलाई पक्राउ गरिएको र नेपाल विद्युत प्राधिकरण विनियावलीका आधारमा कारवाही हुने बताएका छन् । पक्राउ परेकाहरुलाई विद्युत् चोरी गर्दा प्राधिकरणलाई परेको हानीनोक्सानीको मूल्याङ्कन गर्दै दोब्बर जरिवाना हुनेछ । विद्युत् चुहावट नियन्त्रणका लागि समन्वय एवम् सहयोग गर्न जनप्रतिनिधिलाई समेत आग्रह गरेर चुवाहट रोकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्