बुढीगंगामा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

बुढीगंगामा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

विराटनगर । बुढीगंगा गाउँपालिका-४ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

शनिवार राती करिब ८:३० बजे अरुण गाउँपालिका-५ भोजपुरका२६ बर्षीय राम श्रेष्ठलाई प्रदेश १-०२-०४१ प १४१४ नम्वरको मोटरसाईकलले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएका श्रेष्ठको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाईकल र चालक इटहरी सुनसरीका बिकाश श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मृतक श्रेष्ठ बुढीगंगा स्थित रहेको प्रिमियर वायर फ्याक्ट्रीमा सेक्युरिटी गार्डमा कार्यरत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्