बुढीगंगाबाट लागुऔषध गाँजा सहित १ जना पक्राउ

<span class='c1'>बुढीगंगाबाट लागुऔषध गाँजा सहित</span> <span class='c2'>१ जना पक्राउ</span>

विराटनगर । बुढीगंगा गाउँपालिका-६ घेरावनीबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाईकलमा गाँजा ओसार पसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १४ प ८९६० नम्बरको मोटरसाईकलमा जेब्रा झोलामा प्याक गरेर लैजाँदै गरेको अवस्थामा ८ केजी गाँजा बरामद भएको थियो । मोटरसाईकलबाट गाँजा बरामद भए संगै मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका-३ का ४५ बर्षीय नेत्र भट्टराईलाई समेत पक्राउ गरेको छ । गाँजा सहित पक्राउ भट्टाराईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्