भर्खरै राजीनामा दिएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको विराटनगरमा पुत्ला दहन

भर्खरै राजीनामा दिएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको विराटनगरमा पुत्ला दहन

विराटनगर । विराटनगर विमानस्थल प्रभावित क्षेत्रका बासिन्दाले भर्खरै राजीनामा दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले मगरको पुत्ला दहन गरेका छन् ।


दुई वर्षदेखि जग्गा रोक्का भएपनि अहिलेसम्म मुआब्जा नपाएको भन्दै विराटनगर विमानस्थल प्रभावित क्षेत्रका बासिन्दाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको पुत्ला दहन गरेका हुन् ।
प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि आइतबार अपरान्ह उनीहरुले नाराबाजी गर्दै आलेको पुत्ला दहन गरेका थिए । १ हजार ५ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थललाई ३ हजार मिटर लामो धावनमार्गसहितको क्षेत्रीय विमानस्थल बनाउने भन्दै नेपाल सरकारले जग्गा रोक्का गरेको थियो ।
तर मन्त्री आलेको पूर्वाग्रहका कारण विराटनगर विमानस्थल विस्तारका लागि सरकारले आगामी आर्थिक बर्षको बजेटमा विमानस्थल विस्तार र मुआब्जा वितरणका लागि बजेट छुटाएको थिएन । प्रभावित क्षेत्रका साढे तीन सय परिवारले अहिलेसम्म रोक्का भएको जग्गाको मुआब्जा पाउन सकेका छैनन् ।


उनीहरुले कि छिटो मुआब्जा दिनुपर्ने कि रोक्का भएको जग्गा बेचविखन गर्न फुकुवा हुनुपर्ने माग गर्दै आन्दोलनमा छन् । विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने भन्दै सरकारले गत २०७७ चैतमा २३ र २४ गते जग्गा अधिग्रहणको सूचना निकालेको थियो । अधिग्रहणको सूचनासँगै विमानस्थल पुर्वउत्तरतर्फ करिब एक हजार ४०० कित्तामा रहेको १२६ दशमलव ४६ विगाह जग्गा किनबेच तथा अन्य कारोबारका लागि रोक्का भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्