बुढीगंगामा कारले स्कुटरलाई ठक्कर दिदाँ एक गम्भिर घाईते

बुढीगंगामा कारले स्कुटरलाई ठक्कर दिदाँ एक गम्भिर घाईते

विराटनगर । मोरङको बुढीगंगामा आईतबार दिउँसो सवारी दुर्घटना हुँदा २ जना घाईते भएका छन् । घाईते मध्ये एकजनाको अवस्था गम्भिर रहेको छ ।

 

उत्तरबाट दक्षिण जाँदै गरेको बा १० च ९१७६ नम्बरको कारले प्रदेश १ – ०२– ०४९ प २०८८ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ स्कुटीमा आगलागी भएको थियो ।
सुनसरी रामधुनी ९ का बाल कृष्ण शाहको कारले झापा दमक नगरपालीका ५ बस्ने १८ बर्षिय गगन अधिकारी र ७५ बर्षिया रामभक्त अधिकारी घाईते भएका छन् ।

घाईते दुवैलाई विराट टिचिङ हस्पिटलमा उपचारको लागी लगिएको र घाईते रामभक्तको अवस्था गम्भिर रहेको मोरङ प्रहरीले जनाएको छ । कार सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रवक्त दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्