बुढीगंगामा जनतासित ‘टच’ हुने लोकप्रिय कार्यक्रमसहित ७० करोडभन्दा बढीको बजेट

बुढीगंगामा जनतासित ‘टच’ हुने लोकप्रिय कार्यक्रमसहित ७० करोडभन्दा बढीको बजेट

विराटनगर । बुढीगंगा गाउँपालिकाले जनतासित 'टच' हुने लोकप्रिय कार्यक्रमसहित ७० करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी जीतनारायण थापामगरका अनुसार यसपटकको बजेटमा जनचाहना र आवश्यकताअनुसार रकम परिचालन गरिएको छ। जसअनुसार एक हजार गरिबका लागि १० हजारको स्वास्थ्य बीमा कार्यक्रम समावेश छ । घुम्ति शिविर संचालन गरेर दुई टोलीमार्फत् ३-३ जना परिचालन गर्दै स्वास्थ्य जाँच, वडा नं. ३ मा इसीजी, ल्याव, भिडियो एक्सरे सुबिधासहित स्वास्थ्य केन्द्र बनाउन ७० लाख रुपैयाँ विनियोजन गरिएको छ । नरग्रामबाहेक दक्षिणी क्षेत्रको एक सामुदायिक विद्यालय सुधारका लागि १ करोड छुट्टयाइएको छ । ६ र १ वडामा खुल्ला जीमखानाका लागि २० लाख विनियोजन गरिएको छ । विहानी यात्रापछि शरिर तन्दुरुस्त राख्न जीमखानाको व्यवस्था गरिएको हो । अध्यक्ष थापामगरका अनुसार रिसोर्ट पार्कका लागि १ करोड लगानी गरिने छ । यसबाट गाउँपालिकालाई आम्दानी हुनाको साथै पर्यटन प्रवर्द्धन हुने अपेक्षा छ । बालबालिका पार्कका लागि पनि १ करोड विनियोजन गरिएको छ । गाउँपालिकाका ७ वटै वडामा पीच निर्माणका लागि कालोपत्रे अनिवार्यको नीति लिइएको छ । सडक सुधारका लागि हरेक वडालाई एक-एक करोड छुट्टयाइएको छ । टंकीसिनवारी चोकमा पुस्तकालयसहितको शौचालय बनाउन १ करोड रकम विनियोजन गरिएको छ । गर्भवती महिलाका लागि स्वास्थ्य जाँच गराउन आउँदा पौष्टिक खानाको व्यवस्था गरिएको छ । गरिब आवासका लागि १ करोड छुट्टयाइएको छ । अध्यक्ष थापामगरले फुसका घर विस्थापित गर्न यसपटक ३० लाख छुट्टयाइएको छ र, यो वर्ष ३५ परिवारलाई परिचालन गरिने छ।

ज्येष्ठ नागरिकका हकमा हरेक वडामा चिया, चमेनासहित ज्येष्ठ नागरिक विश्रामस्थल बनाउने कार्यक्रम गाउँपालिकाले ल्याएको छ ।

'हामीले कुरा गर्ने मात्र होइन काम गरेर देखाउने प्रण गरेका छौं' अध्यक्ष थापामगरले भने । आजको न्यू सृष्टि दैनिकमा समाचार छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्