हल्का देखि मध्यम वर्षाको सम्भावना

हल्का देखि मध्यम वर्षाको सम्भावना

विराटनगर । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भने प्रदेश नं १ तथा गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

भोलि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । मंगलबार धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्