विराटनगर । विराटनगर महानगरपालिका भित्र ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भईरहेको छ ।
महानगरपालिका भित्र १९९ खोपकेन्द्रमा लक्षित समूहका सबै बालबालिकालाई खोप सेवा दिने काम भईरहेको हो ।
विद्यालय र विद्यालय बाहिर रहेका बालबालिकालाई समेत खोप लगाउने कार्यक्रम दुईदिनदेखि निरन्तर चलिरहेको महानगर स्वास्थ्य महाशाखाका रमेश कार्कीले जानकारी दिए ।
यस पटकको खोप कार्यक्रममा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पूर्ण रुपमा समेट्ने दावी गरिएको छ ।