आफन्तविहीन नागरिकको अन्त्येष्टिमै लापरबाही, विराटनगरको मन्टा पोखरीमा भेटियो जल्न बाँकी खुट्टा

आफन्तविहीन नागरिकको अन्त्येष्टिमै लापरबाही, विराटनगरको मन्टा पोखरीमा भेटियो जल्न बाँकी खुट्टा

विराटनगर । आफन्तविहीन भएर वेवारिसे स्थितिमा रहेका नागरिकको प्राणलिनपछि अन्त्येष्टिमा समेत लापर्वाही हुने गरेको छ । जीवनभर मागेर गुजारा चलाएपनि मृत्युपछि अन्त्येष्टि समेत सहज बेहोर्न नपाउने देखिएको छ ।

विराटनगर–१७ मन्टा पोखरीमा आइतबार जल्न बाँकी आधा खुट्टा भेटियो । पोखरी उत्तरतर्फ घाट छ । पोखरीमा भेटिएको जल्न बाँकी आधा खुट्टा घाटको चित्तामा बाँकी रहेको भाग थियो ।

विराटनगर–१७ का वडा अध्यक्ष समिर करम मियाँसँग आधा खुट्टा भेटिएको विषयमा बुझ्दा उनले सजिलै जवाफ दिए । उनले भने–दुईदिन अगाडी भिख मङ्गाको डेथ भारहेछ, स्थानीयले घाटमा जलाएका थिए । वडा अध्यक्षले घाटमा लासको सहि व्यवस्थापन नहुँदा त्यसले निम्त्याउने संभावित स्वास्थ्य जोखिमका बारेमा सोच्दा समेत सोचेको देखिएन । स्थानीय सरकारको हैसियतले आफन्तविहीन नागरिकको मृत्युपछि लास व्यवस्थापन गर्ने कुरामा समेत ध्यान दिइएको देखिएन ।

आईतबार दिउँसो अर्को लास लिएर घाट पुगेकामलामीले मान्छेको खुट्टा पोखरीमा देखेका थिए । तत्काल प्रहरी र वडा अध्यक्षलाई फोन गरेर जानकारी गराएका थिए ।ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बाटोमा हिड्ने बटुवाको दुई दिन पहिला निधन भएको र स्थानीयले जलाउन लगेको बताए । उनले त्यस विषयमा प्रहरीले चासो लिनुपर्ने नदेखिएकोले वास्ता नगरेको तर वडा अध्यक्षलाई जानकारी गराएका सुनाए ।


मृतकका आफन्त नभएपछि स्थानीयले जल्दै गरेको लास चितामा छोडेर हिँडेपछि जल्ल बाँकी रहेको भाग कुकुरले छरपस्ट पारेको थियो । प्रहरी निरीक्षक दर्नालका अनुसार खुट्टाको मात्रै नभई गर्धनमुखी कम्मरमाथिको भाग समेत थियो ।

त्यस्तो देखिएपछि वडा अध्यक्षलाई खाल्डो खनेर पुर्न भनिएको प्रहरी निरीक्षक दर्नालले बताए । मलामी पुगेका स्थानीय सुभम श्रेष्ठले आइतबार प्रहरी र स्थानीय जनप्रतिनिधीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्