मानवीय र भौतिक विकासलाई एकसाथ अघि लैजानुपर्छ : मन्त्री कार्की

मानवीय र भौतिक विकासलाई एकसाथ अघि लैजानुपर्छ : मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मानव तथा भौतिक विकासको क्षेत्रलाई एकसाथ अघि बढाउनुपर्ने बताएका छन् ।

सोमबार विराटनगरमा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मानवीय सन्तुष्टिलाई हेरेर योजना बनाउनुपर्ने बिषयमा जोड दिए । ‘काठमाण्डौंमा बस्ने मानिसको विकासप्रतिको आकांक्षा र विराटनगरमा बस्नेको विकासप्रतिको आकांक्षा फरक छ,’ उनले भने, ‘कसैलाई बिहान बेलुका कसरी हातमुख जोड्ने भन्ने छ त कसैलाई सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने छ । त्यसकारण हुँदा खानेलाई हुने खाने बनाउने र हुने खानेको सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने योजनालाई एकसाथ अघि लैजानुपर्छ ।’

छलफल गोष्ठीले मात्रै लक्ष्य पुरा गर्न नसकिने उल्लेख गर्दै मन्त्री कार्कीले छलफलबाट निस्किएको निष्कर्षलाई व्यवहारमा लागु गरेर कार्यान्वयन गर्नुपर्नेमा बताए । एउटा मात्र कुरालाई फोकस गरेर बनाएको योजना सफल नहुने उनले औंल्याए । नेपालमा संयुक्त राष्ट्रसङ्घीय समन्वयका लागि अल्पकालीन र मध्यकालीन प्राथमिकतामाथि छलफल तथा परामर्श गरी रणनीतिक साझेदारीलाई थप सुदृढीकरण गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा भने प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूर्णकुमार लोक्सम, सदस्यहरू, मुख्यसचिव लगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्