विराटनगरको सेल्फी रोड फलोअप : स्थानीयवासी भन्छन् बत्ती हैन, हामीलाई नालामा ढकन चाहियो

विराटनगरको सेल्फी रोड फलोअप : स्थानीयवासी भन्छन् बत्ती हैन, हामीलाई नालामा ढकन चाहियो

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित षडानन्द चोक उत्तरतर्फ नयाँ रोडमा बत्ती जडान गरेसँगै अहिले सामाजिक संजालमा भाईरल बनिरहेको छ, सेल्फी रोड । दिउँसोको समयमा भन्दा साँझ र बेलुकाको समयमा खिचिएका तस्वीर र भिडियोहरु आकर्षित देखिने गरेका छन् ।

आमसर्वसाधारणको लागि सेल्फी रोडको रुपमा स्तरोन्नती गरिएको सडकमा बत्ति जडान गरेर झलमल्ल बनाइएसंगै स्थानियवासीहरु साँझको समयमा टिकटक र फोटो खिच्न आउनेहरुको भिड लाग्ने गर्दछ । विराटनगर महानगरपालीकाबाट झन्डै ५ लाखको बजेटमा अहिले विराटनगरको शिवम सप्लार्यसले ठेक्का लिएर २१ वटा झिलिमिली बत्ती राखिएका छन् । सो ठाँउलाई राम्रो बनाएर विकास गर्नु आफैमा सह्रानिय छ । हामी नगरवासीले यसको लागी गर्व गर्नै पनि पर्छ । तर भनिन्छ, ‘मुखमा ल्याप छैन खुट्टामा ट्याप’ भने जस्तै भएको छ त्यहाँ । पहिला त्यो ठाँउको आवश्यक भौतिक संरचना निर्माण नगरी झिलिमिली बत्ति राख्नुले यसको चौतर्फी आलोचना र स्थानीयले विरोध समेत गर्दै आएका छन् ।

हेर्दा नाउको मात्र सेल्फी रोड हो की भन्ने देखिन्छ । आवर विराटनगरले स्थलगत रुपमा नै गएर त्यहाँ हेदाँ बच्चाबच्चीले खेले जस्तै गाडीएका पोलहरु लथालिङ्ग र कमजोर बनाइएका छन् । फलामका पोलमा बत्ति बाल्न जडान गरिएको बिद्युत जोखिम निम्त्याउने प्रकारको देखिन्छ । त्यति मात्र हैन मान्छे भन्दा ठुला ठुला गहिरो नालाहरु छन् ।

स्ल्याप लगाइएको छैन जसको कारण आमसर्वसाधरण नालामा खस्ने सम्भावना उति कै देखिन्छ । रोडको छेउ र पोल वरीपरी झारजङ्गल र फोहोर देखिन्छ । पैदल यात्री हिड्ने ठाँउमा ब्लक लगाइएको छैन ।

स्थानीयवासी घर छिर्ने नालामा स्ल्याप नहुँदा दुर्घटनाको जोखिम पनि उतिकै हुने गरेको उनीहरुको भनाई छ । झिलिमिली बत्ती लगाउनुभन्दा पहिला नालाहरुमा स्ल्याप लगाईदिएको भए स्थानिय ६५ बर्षिय शम्भु पण्डितले बताए ।

महानगरका निवर्तमान प्रमुख भीम पराजुलीको घरदेखि पूर्वतर्फको सडक हो यो । पराजुली परिवारको जग्गाले छोएको सडकमा जाँदाजाँदै बत्ति जडान गर्ने बजेट बिनियोजन गरिएको थियो । उक्त ठाँउमा घरको लागी बालिने विजुलीको पोल नहुँदा आफुहरुले टाढा टाढाबाट तानेर ल्याउनुपर्ने वाध्यतामा स्थानीय छन् । विजुलीको पोल नहुँदा जोखिम मोलेर अन्य रोड र अरुको घरबाट विजुली ल्याउनु परेको स्थानीय बबिता चौधरीको गुनासो छ ।

त्यति मात्र हैन सेल्फी रोडमा आधा रोड नै ढाकिने गरी निर्माण जन्य सामाग्रीहरु अव्यव्यस्थित तरिकाले राखिएका छन् । जसका कारण सवारी साधान दुर्घटना निम्त्याउने सम्भावाना पनि उतिकै हुन्छ । सेल्फी रोडको अवधारणा लिइएपनि टुप्पामा बत्ति बालिएको छ । तर, भुँईमा झारजंगल र फोहोर छ । अन्य कुनै प्रकारका बिरुवा वा फुल रोपिएको छैन । अण्डर ग्राउण्ड गरेर जडान गरिएको तारको कारण यसले भोलीको दिनमा जोखिम नित्याउन भन्न सकिन्न ।
अव्यव्यस्थित तरिकाले राखिएका विजुलीका पोल र आवश्यक संरचना निर्माण नगरी सेल्फी रोड बनाउनको बिषयमा वडा कार्यालय ध्यानकार्षण भएको
विराटनगर महानगरपालीका वडा नम्बर ३ का वडा अध्यक्ष बासु बहादुर बस्नेतले बताए । विजुलीको पोल पुर्ण रुपमा नबनाईसकेका कारण हामीले त्यो काम पुरा गराउन ठेक्का लिएको कम्पनीलाई भनिसकेको बस्नेतले बताए ।

वडा अध्यक्ष बस्नेत भन्छन् यो योजना मास्टर प्लान अन्तर्गत ३ करोड बजेट छुटाइएको छ । विराटनगर जेसिषसँग सहकार्यगरी आगामी दिनमा कामलाई अगाडी बढाउने योजना रहेको छ । अब आउने आर्थिक बर्षभित्र हरेक नालामा ढकन लगाउने देखी फुल विरुवा रोपेर आर्कषित पार्ने काम हामी गर्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्