यौन दुर्व्यवहार आरोपमा विराटनगर बरगाछीमा रहेको कान्तिपुर इन्स्टिच्यूटका सञ्चालक महतो पक्राउ

यौन दुर्व्यवहार आरोपमा विराटनगर बरगाछीमा रहेको कान्तिपुर इन्स्टिच्यूटका सञ्चालक महतो पक्राउ

विराटनगर । प्रोजेक्टको काम लिएर आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर–५ स्थित कान्तिपुर इन्टिच्यूटका सञ्चालक गुणानन्द महतोलाई प्रहरीले पक्राउ गरेको छ । कम्प्युटर इन्स्टिच्युटका सञ्चालक महतोलाई सोमबार दिउँसो पक्राउ गरिएको हो ।

बरगाछीमा रहेको इन्स्टिच्युटका सञ्चालक ३७ वर्षीय महतोले सोमबार बिहान १९ वर्षीया युवतीलाई यौन दुव्र्यवहार गरेका हुन् । पीडितले दिइएको जानकारीका आधारमा उनलाई पक्राउ गरेर थप अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

युवती इन्स्टिच्युटमा प्रोजेक्टको काम गर्न पुगेकी थिइन् । बिहानै एक्लै भएको मौकामा संवेदनशील अङ्ग छोएको आरोप छ । दुर्व्यवहार गरेका महतोलाई प्रहरीले नियन्त्रणमा लिएपछि लिइएको प्रारम्भिक बयानमा समेत यौन दुव्र्यवहार गरेको खुलेको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्