विराट टिचिङको आकस्मिक कक्षामा पानी पस्यो, सेवा अवरुद्ध

विराट टिचिङको आकस्मिक कक्षामा पानी पस्यो, सेवा अवरुद्ध

विराटनगर । मोरङको टंकीसिनवारीमा रहेको विराट टिचिङ अस्पतालको आकस्मिक विभागमा पानी पस्दा उपचार सेवा अवरुद्ध भएको छ । आज बिहानदेखि अबिरल परिरहेको वर्षापछि अस्पताल परिसरमा पानी पस्दा सेवा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले अस्पतालको आकस्मिक विभागमा बाढी पसेर डुबेको जानकारी दिएका छन् । बाढी पसेपछि अहिले अस्पतालको आकस्मिक विभागमा हुँदै आएको उपचार सेवा अवरुद्ध भएको हो ।

यसैगरी वर्षाका लागि विराटनगर–८ कारागार पछाडीको सुकुम्वासी बस्ती डुबानमा परेको छ । डुबान प्रभावित २५ घर परिवारलाई त्यहाँबाट स्थान्तरण गर्ने काम भईरहेको छ ।

मोरङको कानेपोखरी–६ मा भलुवा खोलाले सात वटा सुँगुरका पाठा बगाएको छ । बाढीले कटान बढाउँदै लगेको प्रहरीले जनाएको छ । ग्रामथान गाउँपालिकाको खुनियाखट्टामा बाटो अवरोध भएपछि अहिले डाईभर्सन बनाउने काम भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्