विराटनगरको एमजी रोड जलमग्न, सिंघिया र केशलिया खोलामा आएको बाढी बस्तीमा पस्यो

विराटनगरको एमजी रोड जलमग्न, सिंघिया र केशलिया खोलामा आएको बाढी बस्तीमा पस्यो

विराटनगर । मंगलबार विहानैदेखी परेको अविरल वर्षाले गर्दा विराटनगरको हिमालय रोड जलमग्न भएको छ ।

नालाको फोहोर जन्य वस्तु सफा नगरेका कारण नालामा पानी जमेर सडक जलमग्न भएको थियो । विहानै देखी परेको अविरल बर्षाले गर्दा विराटनगरका अधिकास भागहरु डुवानमा परेका छन् । लगातारको वर्षाले विराटनगरको सिंघिया र केशलिया खोलामा बाढी आएको छ ।

सिंघिया खोलाको बाढी विराटनगरका कतिपय बस्तीब्तर्फ पसेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालाले विराटनगरका केही भागमा बाढी पसेको जानकारी दिए । हाटखोला दक्षिण भागमा “खोला आसपासको होचा बस्तीतर्फ बाढी पसेको छ ।” विराटनगर महानगरपालिका–८ मा सिंघिया खोलाको बाढी पस्दा २५ घर डुबानमा परेका छन् । उता केशलिय खोलाको आसपासका घरमै पानी पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ सरेका छन् ।

आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने देखिएको छ ।

नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्