मेयरको अधिकार खोस्न खोजियो : प्रमुख सिंह

मेयरको अधिकार खोस्न खोजियो : प्रमुख सिंह

विराटनगर । रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वर सिंहले विषयगत समिति आफूले निर्माण गर्न पाउनुपर्ने बताएका छन् ।

उनले एमाले र माओवादीले बहुमतको आडमा समिति निर्माण गर्न नदिएर मेयरको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् ।‘विषयगत समिति निर्माण गर्न ३ पटक कार्यपालिकाको बैठक बस्यौँ,’ उनले भने, ‘एमाले र माओवादी एक भएर मेयरको अधिकार खोस्न खोजेपछि बजेट नल्याएका हौँ ।’
एमाले र मओवादीले बहुमतको दुरुपयोग गरेर विषयगत समिति बनाउने अधिकार प्रमुखबाट खोसेर उपमेयरलाई दिन खोजेको प्रमुख सिंहको भनाई छ ।
‘विषयगत समिति निर्माण गर्ने अधिकार मेयरको हो । यसमा बहुमत भनेर हुँदैन्,’ सिंहले भने, ‘ कहिलेसम्म मलाई समिति निर्माण गर्न दिइदैँन तबसम्म बजेट आउँदैन् । मैले आफ्नै तरिकाले बजेट निर्माण गर्न पाउनुपर्छ । यो मेरो अधिकारको कुरा पनि हो ।’

बजेट निर्माण र समिति निर्माणका विषयमा पुनः छलफल गर्न बोलाउँदा एमाले र माओवादीबाट निर्वाचित कार्यपालिका सदस्यहरु उपस्थित नभएको उनले बताए । नेपाली काङ्ग्रेसबाट निर्वाचित रतुवामाई १० का वडा अध्यक्ष भूलबहादुर कार्कीले विषयगत समिति निर्माणमा एमाले बाधक भएको बताए । कार्यपालिका बैठकमा नियम संवत प्रमुखले लगेको प्रस्तावमा एमालेका सदस्यहरुले असहमति जनाएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्