म्याजिक वासरको सेवा विस्तार : अब घर तथा अफिसको क्लिनिङ सर्भिस पनि

म्याजिक वासरको सेवा विस्तार : अब घर तथा अफिसको क्लिनिङ सर्भिस पनि

विराटनगर । विराटनगर–७ स्थित म्याजिक वासर लन्ड्री एण्ड क्लिनिङ सर्भिसेसले आफ्नो सेवा विस्तार गरेको छ ।

वडा नं. ७ स्थित मिलन चौकमा अवस्थित रहेको म्याजिक वासरले असारको पहिलो सातादेखि आवास तथा कर्पोरेट क्षेत्रका लागि क्लिनिङ सर्भिस पनि सुरु गरेको हो । यसअघि म्याजिक वासरले लन्ड्री सम्बन्धि सेवा मात्र प्रवाह गर्दै आईरहेको थियो । क्लिनिङ सर्भिस पनि सुरु भएपछि अब घर तथा अफिसको सरसफाई सम्बन्धी सम्पूर्ण सेवा एकै छातामुनि पाईने भएको जनाईएको छ ।

२०७६ असोज २ गतेदेखि सञ्चालनमा आएको म्याजिक वासरले यसअघि पिकअप एण्ड डेलिभरीको सुविधा सहित अत्याधुनिक प्रविधिबाट लुगा धुने, निचोडने, सुकाउने र आयरन गर्ने लगायतका सेवा दिँदै आएको थियो । सेवा विस्तार भएसँगै म्याजिक वासरबाट अब घर तथा अफिसको सोफा, कार्पेट, गलैंचा र पर्दा सफा गरिनुका साथै टायल्स तथा बफिङ र मार्बल क्लिनिङ एण्ड पोलिसिङको सुविधा समेत प्राप्त हुनेछ । म्याजिक वासरका प्रबन्ध निर्देशक नोमस चापागाईंले भने, ‘हामीले सम्बन्धित सेवाग्राहीको घर तथा अफिसमै पुगेर उक्त सेवा प्रदान गर्दै आएका छौं ।’

म्याजिक वासरमा हाल अत्याधुनिक प्रविधि सहित ७ जना दक्ष कर्मचारीहरुले सम्पूर्ण सेवा प्रवाह गर्दै आईरहेका छन् । कमर्सियल वासिङ मेशिन, हाईड्रो एक्स्ट्राक्टर, ड्रायर र स्टीम आइरन लगायतका प्रविधियुक्त मेशिनरीबाट विगत अढाई वर्षभन्दा बढी समयदेखि म्याजिक वासरले आफ्नो गुणस्तरीय सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्