विराटनगर महानगरपालिकामा बाढी रेस्पोन्स टिम

विराटनगर महानगरपालिकामा बाढी रेस्पोन्स टिम

विराटनगर । विराटनगर महानगरपालिकाले बाढी रेस्पोन्स टिम बनाएको छ । मनसुनजन्य विपद् व्यवस्थापनका लागि महानगरपालिकाले नौवटा टिम बनाएको हो ।

महानगरपालिकाले विपद्मा परेका नागरिकको उद्धार, व्यवस्थापन, राहतका लागि सहकार्य समन्वय गर्न राजेन्द्र प्रधानलाई संयोजक र पुनम दाहाल सह–संयोजक तोकेको छ । यसैगरी खाद्य व्यवस्थापनका लागि रामहरी कोइराला, बसोबास व्यवस्थापन दुर्गाप्रसाद खतिवडा, सुरक्षा व्यवस्थापन राजन पौडेल, स्वास्थ्य, पोषण, औषधी तथा स्वच्छता रमेश कार्कीलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी सरसफाई, विपद् व्यवस्थापन हिरा यादव, पूर्वाधार व्यवस्थापनमा गोपाल पोखरेल, प्रशासनिक व्यवस्थापन अर्जुन थपलिया र सञ्चार व्यवस्थापनमा मिनकुमार नवोदितलाई जिम्मेवारी तोकिएको छ । महानगरापलिकामा विभागिय जिम्मेवारी सम्हाल्दै आएका कर्मचारीलाई नै सम्बन्धित टिमको भूमिका दिइएको हो । बाढी तथा डुबानका कारण समस्यामा परेका महानगरवासीले उनीहरुलाई सम्पर्क गर्नसक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्