विपद् जोखिम भए सहयोगका लागि प्रहरीसँग सम्पर्क गर्न अनुरोध

<span class='c1'>विपद् जोखिम भए सहयोगका लागि</span> <span class='c2'>प्रहरीसँग सम्पर्क गर्न अनुरोध</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले मनसुनजन्य विपद्को जोखिम आए तत्काल नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न नागरिकलाई अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले नागरिकलाई बाढी, पहिरो तथा डुबानको जोखिम महसुश गरे तत्काल प्रहरीसँग सम्पर्कमा आउन अनुरोध गरिएको जानकारी दिनुभयो ।

नजिकैको प्रहरी यूनिट वा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गरेर सहयोग लिन सकिने श्रेष्ठले जानकारी दिनुभयो । नजिकैको प्रहरी यूनिटमा सम्पर्क गरेर सहयोग लिन सकिने वा जिल्ला प्रहरी कार्यालयमा घटनाको वस्तुस्थिति जानकारी गराउँदा थप टोलिसहित उद्धार तथा सुरक्षाका लागि तयारी अवस्थामा रहेको जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्