विराटनगरको सरोचियामा मृत भेटिए एक युवा

विराटनगरको सरोचियामा मृत भेटिए एक युवा

विराटनगर । विराटनगर – ६ सरोचिया स्थित भित्री सडक खण्डको नालीमा एक युवा मृत भेटिएका छन् । विराटनगर ५ का ३० वर्षिय सन्तोष मण्डल मंगलबार राती ११ बजे मृत भेटिएका हुन् । मण्डल नालामा मृत भेटिएका थिए । टाउँको नालामा र खुट्टा बाहिर निस्केको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा तत्काल वडा प्रहरी कार्यालय विराटनगरको प्रहरी टोली पुगेको थियो । नामथर वतन नखुलेको मण्डलको बुधबार विहान पहिचालन खुलेको प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पुरा गरि अहिले पोस्माटर्मको लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्