विराटनगरको बसपार्कको पोल ढल्दा २ मजदुर घाईते, नोवेलमा उपचार हुँदै

विराटनगरको बसपार्कको पोल ढल्दा २ मजदुर घाईते, नोवेलमा उपचार हुँदै

विराटनगर । विराटनगर बसपार्कमा राखिएको चार्जिङ स्टेशनको पोल ढल्दा दुई मजदुर घाईते भएको छन् ।

विराटनगर बसपार्क एरीयामा जार्जिङको लागी गाडिएको पोल बुधबार अचानक भुईमा ढल्दा माईक्रो बसमा काम गर्ने दुई मजदुर घाईते भएका हुन् ।
कमजोर अवस्थामा गाडीएको पोल ढल्दा माईक्रो बसमा काम गर्ने २३ बर्षिय रोहन मगर र अभिनास रजक रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन महानगरका अध्यक्ष उत्तम बन्जराले जानकारी दिए ।

घाईते दुवैको अहिले नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ । घाईते मध्ये रोहन मगर गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो । उनको देव्रे खुट्टा भाचिएको र खुट्टा जोडिन नसक्ने अवस्था रहेको घाईतेका आफन्त भुवन आलेले जानकारी दिए ।
हुन्डाई कम्पनीले देशभर इलेक्ट्रीक सवारी चार्ज गर्न विद्युतीय चार्जिङ स्टेशन बनाउन सुरु गरेको छ । हुन्डाईले नाडा अटो शो २०१८ बाट नेपालमा इलेक्ट्रीक कार बिक्री सुरु गरेसँगै चार्जिङ स्टेशन बनाउन सुरु गरेको थियो । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले काठमाडौं बाहिर १० जिल्लामा आफ्नो चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले १० जिल्लाको राजमार्ग क्षेत्रमा प्रत्येक २ सय किलोमिटर भित्रमा एउटा चार्जिङ स्टेशन बनाउने बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्