एघारौं वर्षसम्म निरन्तर संवाहक

एघारौं वर्षसम्म निरन्तर संवाहक

नागरिकलाई सुचना प्रदान गर्ने उद्देश्यले स्थापित आवर विराटनगर (ओबी) अनलाइनले दशवर्ष पूरा गरेर एघार वर्ष लागेको छ । एघारवर्षसम्म आम पाठक, दर्शक, शुचचिन्तक, विज्ञापनदाताले देखाउनु भएको माया उतिकै डेगिलो छ । जुन मायाप्रति आभार व्यक्त गर्दछौं ।
ओबी मिडियाले नागरिकसँग जोडेको नाता तोड्न नसक्ने र नागरिकले जोडेको नाता पनि छोड्न नसक्ने स्थितिमा छ । यो हाम्रो परिवारका लागि उत्साह हो र सम्पति । तपाँई पाठकले देखाउनु भएको मायाले सिर्जित ओबी सुचना पाउने अधिकारको संवाहक बन्न सकोस् भन्ने हाम्रो ध्येय पनि उतिकै छ ।

यसको उद्देश्य पछ्याउने क्रममा आम पाठक र दर्शकले दिइएको मायाले एघारौं वर्षगाँठ मनाउँदा पनि अघिल्ला वर्ष भन्दा कम उत्साह छैन । नागरिकका साना समस्यालाई मसिनो रुपमा बुझ्नु र त्यसलाई आमसञ्चार माध्यमको रुपमा पस्कनु हाम्रो विशेषता हो । त्यसले ओबी परिवारसँग नागरिकको सामिप्यतालाई कसेको छ । सुचनाका लागि जोडेको छ । हेर्दा सामान्य लाग्ने तर समाजलाई त्यसले पु¥याउने असर र प्रभाव बुझ्न पनि नागरिककै कारण सहज भएको आजसम्मको अनुभवले देखाएको छ । सामान्य समस्यालाई उठाएकै कारण नागरिकसँग ओबीको ‘केमेस्ट्री’ पनि जोडिएको छ । त्यसैले हाम्रो लागि आदरणीय तपाँई पाठक र शुभचिन्तक हुनुहुन्छ ।

अन्त्यमा, दशवर्ष पार गरेर एघारौं वर्षगाँठ मनाईरहँदा विगतको माया सम्झनलायक छ । विगतले हामीलाई आम पाठकसम्म जसरी पु¥यायो, भविष्यले निरन्तरताको साथ पर्खनेछ । समाजसँग समाचार सामाग्रीमार्फत जोडिने र सुचनाको हकअधिकारलाई स्थापित गर्ने हाम्रो यात्रा निरन्तर रहनेछ । तर, त्यसका लागि पाठकसँगको सहयात्राको पनि उतिकै अपेक्षा छ । सञ्चारमाध्यम स्थापना हुनुमात्रैले समाजमा त्यसको योगदान हुँदैन, स्थापित सञ्चारमाध्यमले समाजलाई दिइएको भूमिकाले मात्रै त्यसको महत्वलाई दर्शाउँछ भन्ने मनन्लाई हामी कहिल्यै भुल्नेछैनौं । अन्त्यमा ओबी परिवार तपाँई पाठक, शुभचिन्तक र विज्ञापनदातासँग हार्दिक आभार व्यक्त गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्