प्रमुख सचिवको बिदाइ

प्रमुख सचिवको बिदाइ

विराटनगर । प्रदेश नं. १ बाट सरुवा हुनुभएका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको आज बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश नंं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सचिव घिमिरेको बिदाइ गर्नुभएको हो । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सचिव घिमिरेसँग छोटो समयमात्रै सहकार्य गर्न पाएको उल्लेख गर्नुभयो ।

छोटो समयको सहकार्य भए पनि उहाँले राम्रो छाप छोडेको अनुभव मुख्यमन्त्री राईले सुनाउनुभयो । मुख्यमन्त्री राईले सचिव घिमिरेमा भद्रता, शालीनताजस्ता केही लोभलाग्दा गुण आफूले पाएको उल्लेख गर्नुभयो । ‘सचिव घिमिरे विषय विज्ञका रुपमा पूणर् हुनुहुन्छ’ मुख्यमन्त्री राईले भन्नुभयो ।

यस्तै, बिदाइ हुनुभएका सचिव घिमिरेले प्रदेश नं. १ मा कार्यरत रहँदा आफूले सबै क्षेत्रबाट सहयोग पाएको बताउनुभयो । उहाँले निजामती प्रशासन सँधै सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो ।

सचिव घिमिरे प्रदेश नं. १ बाट सरुवा भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जानुभएको छ । उहाँको बिदाइ कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरू, कर्मचारी, मुख्यमन्त्रीका सल्लाहकारहरूलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्