विराटनगरमा निरन्तर परेको पानीले गर्दा जनजिवन कष्टकर बन्दै

<span class='c1'>विराटनगरमा निरन्तर परेको पानीले</span> <span class='c2'>गर्दा जनजिवन कष्टकर बन्दै</span>

विराटनगर । विराटनगरमा २ दिन यता लगातार परेको अविरल बर्षाका कारण दैनिकी जनजिवन कष्टकर बन्दै जान थालेको छ ।

मंगलबार विहानैदेखी परेको अविरल बर्षाले गर्दा विराटनगरका अधिकांस भागहरु डुवानमा पर्नुका साथै धेरै घरहरु समेत डुवेका छन् ।
निरन्तर परेको पानीले गर्दा घर भित्रै पानी पसेपछी धेरै परिवारहरु विस्तापित भएका छन् । विराटनगरको सिंघीया खोला र केशलिया आसपास क्षेत्रका बस्तीहरु हिजैदेखी नै डुवानमा परेको छ ।

यता बजार क्षेत्रमा पनि केही भागहरु डुवानमा परेका छन् । बजार क्षेत्रको ढल तथा नालाहरु राम्रोसँग सरसफाई नगरेका कारण सडकमा जाम भएको पानी घर भित्रै पसेर समस्या भएको विराटनगर ९ भानुटोल निवासी लक्ष्मी पराजुलीले बताईन् ।

विराटनगरका स्कुल तथा कलेजमा समेत पानी पसेपछी अहिले महानगर भित्रका विद्यालयहरु ३ दिन सम्मको लागी विदा गरिएको छ ।
निरन्तर रुपमा भारी बर्षा भएसँगै दैनिकी गुजरा चलाएर काम गर्ने मजदुर तथा आमसर्वसाधरणको जनजिवन कष्टकर बन्दै गएको छ । सडकमा सिटी सफारीहरु पनि कम चलेका छन् । यसरी निरन्तर रुपमा परेको पानीले गर्दा यात्राहरु समेत कम हुने गरेको सिटी सवारी चालकहरु बताउछन् । दैनिकी कमाईमा समेत असर परेको सिटी सफारी चालक सरोज साहको गुनासो छ ।

हरेक बर्ष केशलिया खोला र सिंघीया खोलामा आएको बाढीले विराटनगरका विभिन्न भागहरु डुवानमा पर्ने गरेका कारण यसपटक पनि बाढी आउने डर स्थानियको छ । दैनिकी कामहरु समेत समस्या हुने गरेको उनीहरुको भनाई छ ।

आगामी एक हप्तासम्म सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ को विभिन्न स्थानमा भारी बर्षाको सम्भावना समेत रहेको छ ।

खोलाहरुमा पानीको जलस्तर समेत उच्च हुनेसक्ने भन्दै महाशाखाले आवश्यक सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्