महेन्द्र मोरङमा बृहत रक्तदान हुने

महेन्द्र मोरङमा बृहत रक्तदान हुने

विराटनगर । विराटनगर-१२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र लायन्स क्लबहरुको संयुक्त पहलमा कार्यक्रम हुन लागेको हो । असार १७ गते शुक्रबार ८ बजे क्याम्पसको चमेनागृहमा रक्तदान कार्यक्रम हुने भएको हो । विपद्को बेला रगत अभाव हुनसक्ने संभावनालाई रोक्न रत्तदान कार्यक्रम राखिएको हो ।

क्याम्पस प्रमुख डा. बाबुराम तिमल्सेनाले भोलि हुने रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि ईच्छुक प्राध्यापक, कर्मचारी तथा विद्यार्थीवर्गलाई सहभागी भई सबैले रक्तदान गरि सहयोग गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्