विराटनगरस्थित आरोहण गुरुकुलमा नाटक ‘प्रलय प्रतीक्षा’ शुरु हुँदै

विराटनगरस्थित आरोहण गुरुकुलमा नाटक ‘प्रलय प्रतीक्षा’ शुरु हुँदै

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा शुक्रबारदेखि नयाँ नाटक मञ्चन शुरु हुने भएको छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा प्रलय प्रतीक्षा नामको नाटक मञ्चन हुन लागेको हो । देवकुमारी थापाको कथालाई याक्दुहाङ धिरजले नाट्य रुपान्तरण गरेर निर्मल शर्माले निर्देशन गरेका हुन् । असार २५ गतेसम्म सोमबार बाहेक प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुने आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । नाटकमा भरत कार्की, विकास पराजुली, देवेन्द्र यादव, प्रदिप दाहाल, अजय खत्री, अनुशा कट्टेल, सदिक्षा चौधरी लगायत कलाकारले अभिनय गरेका छन् । टिकट दर रु.२०० र ५०० कायम गरिएको छ भने विद्यार्थीका लागि ५० प्रतिशत छुट दिइएको बताइएको छ ।

नाटक तयार पार्न विराटनगर महानगरपालिकाले सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्