विराटनगरका उद्योगी–व्यवसायीद्वारा राहत सामग्री हस्तान्तरण

विराटनगरका उद्योगी–व्यवसायीद्वारा राहत सामग्री हस्तान्तरण

विराटनगर । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले वर्षाका कारण समस्यामा परेका नागरिकलाई उपलब्ध गराउने प्रयोजनका लागि राहत सामाग्री हस्तान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमार्फत वितरण हुने गरि बिहीबार संघका अध्यक्ष नविन रिजाल, पूर्व अध्यक्ष प्रकाश मुन्दडा, महेश जाजु र उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले राहत सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

संघ र संगठन चाउचाउ ३५ कार्टुन, बिस्कुट ११ कार्टुन, भुजा एकसय बोरा, चिउरा २० बोरा, पानी ३५ कार्टुन हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरिएको राहत सामाग्री मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले बुझ्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्