बसले किचेर घाईते बालिकाको मृत्यु

<span class='c1'>बसले किचेर घाईते</span> <span class='c2'>बालिकाको मृत्यु</span>

विराटनगर । मोरङको रंगेलीमा सञ्चालित माउण्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको बसले किचेर घाईते  बालिकाको उपचारका क्रममा मृत्यु भएको छ। तीनदिन अगाडी असार १४ गते रंगेली–७ मा रहेको विद्यालयको को १ क ११३० नम्बरको बसले किचेर घाइते ५ वर्षीया सोनमकुमारी मण्डलको शुक्रबार मृत्यु भएको हो ।

घाईतेको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् । विद्यालयमा अध्ययनरत दुई बालबालिकालाई बसले किचेर घाईते बनाएकोमा बालक ऋतिक मण्डलको सोहिदिन टाइम्स अस्पताल रंगेलीमा मृत्यु भएको थियो ।

विद्यालय बन्द भएपछि घर जान बाहिर निस्केको बेला बस एक्कासी अनियन्त्रित हुँदा दुई बालबालिकालाई किचेको थियो । बस अहिले प्रहरी नियन्त्रणमा छ । चालक भने फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्