विराटनगर । मजदुरको उपचार नगरेको भन्दै विराटनगर बसपार्कमा सवारी आवगमन अवरुद्ध गरेका छन्।
विराटनगर बसपार्कमा राखिएको चार्जिङ स्टेशनको पोल ढल्दा दुई मजदुर घाईते भएका थिए । घाईते मजदुरको उपचार नगरेको भन्दै विराटनगर बसपार्कमा सवारी आवगमन अवरुद्ध गरेका हुन् ।
विराटनगर बसपार्क एरीयामा जार्जिङको लागी गाडिएको पोल बुधबार अचानक भुईमा ढल्दा माईक्रो बसमा काम गर्ने दुई मजदुर घाईते भएका थिए ।
कमजोर अवस्थामा गाडीएको पोल ढल्दा माईक्रो बसमा काम गर्ने २३ वर्षीय रोहन मगर र अभिनास रजक घाईते भएका थिए । उनीहरुको उपचार नगरको भन्दै मजदुरहरु सडकमा उत्रिएका हुन् ।