प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा खेलाडी सम्मान गर्ने

प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा खेलाडी सम्मान गर्ने

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले ओलम्पिक, एसियन र साफ गेममा सहभागि खेलाडीलाइ सम्मान गर्ने भएको छ ।

आगामी असार १९ गते विराटनगर एयरपोर्ट रोडमा रहेको पर्पलहेजमा खेलाडी सम्मान कार्यक्रम राखिएको हो । प्रदेश १ बाट हालसम्म अन्तरार्ष्ट्रियस्तरको खेलस्पर्धामा सहभागि खेलाडीको बृहत भेलाको आयोजना गर्न लागिएको सदस्य सचिव हंसराज वाग्लेले जानकारी दिएका छन् । शुक्रबार बोर्डले पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमबारे जानकारी गराइएको हो । हालसम्म प्रदेश १ बाट ओलम्पिक खेलमा ९ जना, एसियन खेलमा ३६ जना र साफमा १५० जना खेलाडी सहभागि भएको सदस्य सचिव वाग्लेले जानकारी दिएका हुन् । खेलाडीहरुलाइ विशेष सम्मानका लागि मुख्यमन्त्री राजेन्द्रकुमार राइको उपस्थित हुने जनाइएको छ । त्यहि अवसरमा खेलाडीको पाँचवर्षसम्म नि:शुल्क उपचार सेवाका लागि सम्झौता हुने भएको छ ।

नोबेल र काठमाण्डौ मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा पाँचवर्षसम्म उपचार हुने गरि सम्झौता गरिने सदस्य सचिव वाग्लेले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्