मजदुर नेताले भेटे विधुत प्राधिकरण हाकिमलाई, उपचार नगरे संर्घषका आन्दोलन गर्ने चेतावनी

मजदुर नेताले भेटे विधुत प्राधिकरण हाकिमलाई, उपचार नगरे संर्घषका आन्दोलन गर्ने चेतावनी

विराटनगर । विराटनगरको बसपार्कमा कार्यररत घाईते दुई मजदुरको उपचार गर्नुपर्ने माग राख्दै सवारी साधन बन्द गरेर मजदुरहरुले विरोध प्रदर्शन गरेका छन् ।

विराटनगर बसपार्क परिसरमा चार्जिङ स्टेशनको पोल ढलेर किच्दा बुधबार दुई मजदुर गम्भिर घाईते भएका थिए । कमजोर अवस्थामा गाडीएको पोल ढल्दा माईक्रो बस काउन्टरमा काम गर्ने विराटनगर ११ का २३ बर्षिय रोहन मगर र अभिनास रजक घाईते भएका थिए । उनीहरु दुवैको अहिले नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ । घाईते मध्ये रोहन मगरको अवस्था गम्भिर रहेको छ । घाईते मगरको देव्रे खुट्टामा पोलले किच्दा हड्डी नै भाचिएको र खुट्टा जोडिन नसक्ने अवस्था रहेको अस्पतालका चिकित्सकले बताएका छन्

चार्जिङ स्टेशन बनाउने ठेक्का पाएको कम्पनीले अहिले सम्म घाईते मजदुरको उपचारमा कुनै पनि सहयोग नगरेको भन्दै मजदुर संगठनहरुले शुक्रबार बसपार्क अगाडी सडक खण्डमा विरोध प्रदर्शन गरेका थिए ।उनीहरुले बसपार्कबाट चल्ने ठूला तथा साना सबै सवारी साधन रोकेर सडकमा कडा नारा लगाउदै घाईते मजदुरको उपचार हुनुपर्ने माग राखेका थिए ।

डेढ महिना अगाडी विधुत प्रविधीकरण , विराटनगर महानगरपालीकासँग सागर ज्ञावली र राम अर्जुन पराजुलीको प्रोजेक्टले चार्जिङ स्टेशनको निर्माण गर्ने जिम्मा लिएको थियो । तर अहिले सम्म उनीहरु सम्र्पकमा नआएका कारण आफुहरुले पहिलो चरण अन्तर्गत साकेतिक आन्दोलन मात्रै गरेको विराटनगर बसपार्क व्यावस्थान समितिको ईन्चार्ज भीम अधिकारीले बताए ।

निर्माण गर्ने कम्पनी र विधुत प्राधिकरणले घाईतेहरुको उपचारमा चासो नदेखाए भोलीबाट सर्घषका कडा आन्दोलन गर्ने अधिकारीले चेतावनी दिएका छन् ।
यता विभिन्न मजदुर संघठन, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी दिपेन्द्र पन्जीयार थारु , मोरङ ट्राफिक प्रमुख राजकुमार कार्की सहितको टोली विधुत प्रधिकरण विराटनगरका प्रमुख रोशन खड्का घटनाबारे छलफल भएको छ ।

अहिले सम्म घाईतेको उपचारमा किन चासो नदिएको भन्दै मजदुर संघठनहरुले कार्यलय प्रमुखसँग आक्रोसित समेत भएका थिए । पोल गाड्ने काम विधुत प्राधिकरणको पनि जिम्मेवारी भएका कारण घटनाबाट पन्छीन नहुने मजदुर नेताहरुले सुझाव दिएका दिए ।

यता विधुत प्रधिकरण विराटनगरका प्रमुख रोशन खड्काले भने आफुहरु जिम्मेवारीबाट टाढिएको हैन विधुत प्राधिकरणको माथिल्लो निकायसँग पनि कुराकानी भईरहेको र उपचार गर्नमा प्रोजेक्ट मेनेजरलाई तत्काल बोलाई उपचार गराउने पाटोमा लागी परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्