लायन्स क्लब अफ विराटनगर युनिकको अध्यक्षमा अधिकारी

<span class='c1'>लायन्स क्लब अफ विराटनगर</span> <span class='c2'>युनिकको अध्यक्षमा अधिकारी</span>

विराटनगर । लायन्स क्लब अफ विराटनगर युनिक र लियो क्लब अफ विराटनगर युनिक द्वारा आज लायन्स बर्ष २०२२-२०२३ को पहिलो दिन नवनिर्वाचित संस्थाका अध्यक्ष चन्द्र प्रसाद अधिकारी ज्युको अध्यक्षतामा बिराटेश्वर वृद्ध आश्रममा २० वटा कुर्सी, रु. ५१०० सय नगद र खाद्यन्न हस्तान्तरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रममा लायन लिला ढुङ्गेल ज्युको प्रमुख आतिथ्य र लायन प्रविन अग्रवाल, लायन संजय कुमार साह, लायन यादव पोख्रेल, लायन युबराज अधिकारी, लायन बिनोद कुमार राउत, लायन गोपाल काफ्ले, लायन रमेश कुमार राउत, लायन चेतन निरौला लगाएत अन्य लायन्स तथा लियो क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा जोन चेयरपर्सन लायन प्रविन अग्रवालले विराटनगर ६ स्थित रामपुरमा आश्रमद्वारा निर्माण गरिएको अस्पतालमा रु.५१०० सहयोग गरेका छन् भने सदस्य सरस्वती ओझाले आफ्नो जन्मदिनको अवसरमा खाद्यन्न सहयोग गरेकी छिन् ।नव निर्वाचित अध्यक्ष लायन चन्द्र प्रसाद अधिकारी यस अघि विराट व्यापार संघ, घरेलु महासंघ मोरङ लगाएत बिभिन्न संस्थाको नेतृत्वदायी भुमिकामा रहेर काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्