पौडीमा उत्कृष्ट आयुष

पौडीमा उत्कृष्ट आयुष

विराटनगर । मोरङ पौडी संघ को आयोजनामा सम्पन्न पौडी प्रतियोगितामा आयुष लामा उत्कृष्ट खेलाडि हुनुभएको छ । एभरेष्ट कलेज विराटनगरको स्विमिङ पुलमा सम्पन्न प्रतियोगितामा विभिन्न ८ स्पर्धा मध्येबाट लामा उत्कृष्ट हुनुभएको हो ।

पौडी प्रशिक्षक ईन्द्र राजभण्डारीका अनुसार उत्कृष्ट खेलाडि लामाले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गर्नुभयो । उहाँलाई संघका उपाध्यक्ष पदम श्रेष्ठले नगद हस्तान्तरण गर्नुभयो ।

प्रशिक्षक राजभण्डारीका अनुसार ५० मिटर फ्रि स्टाइलमा शसाहाङ राई, १ सय मिटर फ्रिस्टाइलमा कृतिक कार्की, २ सय मिटर फ्रि स्टाइलमा अनुज गुरुङ्ग, ४ सय मिटर फ्रि स्टाईलमा सार्थक श्रेष्ठ, ५० मिटर ब्रेस्टस्टङका आयुष लामा, ५० मिटर ब्याकस्ट्रक शसाहाङ राई, १०० मिटर आईएममा आयुष लामा र अन्तर एभरेष्ट कलेज ५० मिटर फ्रिस्टाईलमा क्षितिज चौधरी उत्कृष्ट खेलाडी हुनुभएको छ ।
एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको प्रतियोगिताको समापन समारोह एभरेष्टका अध्यक्ष विनोद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्