एकवर्षपछि महेन्द्र मोरङ क्याम्पसमा प्रमुख आफ्नो कार्यकक्षमा

एकवर्षपछि महेन्द्र मोरङ क्याम्पसमा प्रमुख आफ्नो कार्यकक्षमा

विराटनगर । महेन्द्र मोरङ क्याम्पस प्रमुख डा.बाबुराम तिमल्सिना एक वर्षपछि आफ्नो कार्यकक्षामा प्रवेश गर्नुभएको छ । क्याम्पस प्रमुखको कार्यकक्षमा एक वर्षदेखि लागेको ताला विद्यार्थीहरुले तोडिदिएपछी क्याम्पस प्रमुख तिमल्सिना आफ्नो कार्यकक्षमा प्रवेश गर्नुभएको हो ।

विभिन्न मागहरू राख्दै गतवर्ष असार ३ गते प्राध्यापक संघले क्याम्पस प्रमुखको कार्यकक्षमा गरेको तालाबन्दी बिहीबार विद्यार्थी संगठनहरुले ताोडिदिएपछी क्याम्पस प्रमुख आफ्नो कार्यकक्षमा बसेका हुन् ।
क्याम्पस प्रमुखको कार्यकक्षमा लागेको तालाबन्दी खुलाउने विषयमा प्राध्यापक संघ र क्याम्पस प्रशासनबीच एक वर्षसम्म पनि कुनै समझदारी हुन नसकेपछि तालाबन्दी खुलाउनका लागि विद्यार्थी संगठनहरुले अग्रसरता देखाएका थिए ।

तालाबन्दीले गर्दा एक वर्ष अगाडि नै बनिसक्नु पर्ने भवन अहिलेसम्म काम नै सुचारु हुन नसकेपछि विद्यार्थी संगठनहरुले तालाबन्दी खोल्न प्राध्यापक संघ र क्याम्पस प्रशासनलाई दबाब दिईरहेको थियो । सोही बमोजिम विद्यार्थी संगठनहरुले तालाबन्दी खोल्ने विषयमा समझदारी गरेर मात्र प्राध्यापक संघको चुनाव हुन दिने माग राख्दै असार १४ गतेको प्राध्यापक संघको चुनाव ४ घण्टा रोकेका थिए । सोही दिन प्राध्यापक संघ, विद्यार्थी संगठनहरु र क्याम्पस प्रशासनबीच तालाबन्दी खोल्ने विषयमा सहमति भएपछि विद्यार्थी संगठनहरुले चुनाव हुन दिएका थिए ।
प्राध्यापक संघले उक्त सहमतिलाई बेवास्ता गरेको र प्राध्यापक संघको तर्फबाट सहमति पत्रमा कुनै हस्ताक्षर नगरी दोहोरो चरित्र देखाएपछि विद्यार्थी संगठनहरुले ताला तोड्न बाध्य भएको नेविसंघका नेता जसवन्त पौडेलले बताए ।

विद्यार्थी संगठन पनि क्याम्पसको जिम्मेवारी पक्ष भएकाले क्याम्पस सुधार र विकासमा केही कुराको वाधा आउँछ भने त्यो बाधा हटाउन आफुहरु लागीपर्ने अनेरास्ववियुका नेता जोसेफ घिमिरेलेले बताए । बिहिवार अनेरास्ववियु, नेविसंघ , एकीकृत समाजवादी निकट अनेरास्ववियू लगायतका विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा लागेको ताला तोडिदिएपछी शुक्रवार क्याम्पस प्रमुख बाबुराम तिमल्सिना आफ्नो कार्यकक्षमा बसेका हुन् ।

यता महेन्द्र मोरङ क्याम्पसका कर्मचारीहरु पनि ४ दिनदेखि क्याम्पससँग विभिन्न मागहरू राख्दै रिले अनशनमा बसिरहेको अवस्थामा शुक्रवार विद्यार्थी संगठनहरुको अगुवाइमा उक्त रिले अनशन तोडिएको छ। विद्यार्थी संगठनहरुको अगुवाईमा शुक्रबार क्याम्पस प्रमुख र कर्मचारी संघ विच भएको सहमति पछि उक्त रिले अनशन तोडिएको छ । कर्मचारीको आन्दोलनले गर्दा विद्यार्थीलाई समस्या परेपछि आफुहरु समस्या समाधानका लागि अग्रसर भएको अनेरास्ववियूका नेता आरोग्य थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्