विराटनगर । विराटनगरको वडा नम्बर १४ र १८ मा रहेका बाढीपीडितको निम्ति रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा खाना सहयोग गरेको छ ।
विराटनगरमा लगातार परेको वर्षाका कारण घर छाडेर बस्न बाध्य बनेका पिडितका निम्ति विराटनगरको आँगनको सहयोगमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा रोटरी क्लब अफ विराटनगर फ्युजनकि संयोजक स्वेता तोदी, सिल्पा आग्रवाल , बिबेक आग्रवाल, बिकाश राठी , आशिष तोदी लगायतको उपस्तिथी रहेको थियो ।
क्लबले आगामी दिनमा पनि उक्त कार्यलाई निरन्तरता दिने संयोजक स्वेता तोदीले आवर विराटनगरलाई बताइन ।