विराटनगरका एकव्यक्तिलाई डरधम्की दिएर फिरौती माग्ने दुईजना प्रहरी नियन्त्रणमा

<span class='c1'>विराटनगरका एकव्यक्तिलाई डरधम्की दिएर फिरौती</span> <span class='c2'>माग्ने दुईजना प्रहरी नियन्त्रणमा</span>

विराटनगर । विराटनगरका एकव्यक्तिसँग फिरौती रकम माग गर्ने घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर–३ का मुकेश शर्मासँग चिठ्ठी तथा फोनमार्फत फिरौती रकम माग गरेको आरोपमा गणेशकुमार कार्की र विशाल ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार पथरीशनिश्चरे–६ घर भई हाल विराटनगर–३ कन्चनबारीमा बस्दै आएका कार्कीले शुक्रबार डरधम्की दिएर फिरौती माग गरेका थिए । शर्माले आईएमईबाट २५ हजार नगद पठाएपछि उक्त रकम पथरीशनिश्चरे–६ मा ऋषिदेवले आईएमईबाट झिकेका थिए ।

हसन्दहमा रकम झिक्दाझिक्दै ऋषिदेवलाई नियन्त्रणमा लिएपछि कार्कीको समेत संलग्नता खुलेको थियो । विराटनगरमा बसेर शर्मालाई चिठ्ठी र फोनमार्फत धम्की दिएर रकम माग गर्दै आएका कार्कीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु विरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्