युरिनबाट चल्ने सवारी साधन बन्दै

युरिनबाट चल्ने सवारी साधन बन्दै

काठमाडौं । मानिसको पिसाव अर्थात युरिन परिवर्तित भएर एमोनियाको रुप लिन्छ । एमोनियाको प्रयोग गरी विभिन्न प्रकारका सवारी साधन चलाउन सकिने सम्भावना देखिएको छ । विश्वमा यस सम्बन्धी विभिन्न अध्ययन भएका छन् । यसका आधारमा भविष्यमा यसलाई उपयुक्त इन्धनको रुपमा प्रयोग गर्न सकिने सम्भावना देखिएको छ ।

एमोनिया अर्थात एनएच३ हाइड्रोजन र नाइट्रोजनको संयोजनले बनेको हुन्छ र यो थोरै लिक्विड केमिकल कम्पाउन्ड मध्ये एक हो । यसले कम्बसनमार्फत द्रुुत गतिमा शक्ति उत्पादन गर्छ र यसको हाई इनर्जी डेन्सिटी भोल्युम हुन्छ । एनएच३ मा कार्बन नहुने भएकाले यो बल्दा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड जस्ता दूषित ग्यास ननिकाल्ने भएकाले वातावरण प्रदूषित हुँदैन ।

अरु भन्दा यसकारण फरक
अन्य इलेक्ट्रिक ब्याट्री वा हाइड्रोजन फ्युल सेल भन्दा एमोनियाको प्रयोग धेरै कारणले उपयुक्त छ । एमोनियाको उच्च इनर्जी डेन्सिटी भएकाले एक स्थानबाट अर्को स्थानमा लैजान सहज हुन्छ ।

त्यसैगरी हाइड्रोजन फ्युल सेल भन्दा एमोनिया प्रयोग गरिएका भेइकल हल्का हुन्छन् भने लिथियम आयोन जस्तो डिस्पोजलको समस्या पनि हुँदैन । स्टोरेज, ह्यान्डलिङ र डेलिभरी इन्फ्रास्ट्रक्चर विश्वव्यापी रुपमा प्रयोगमा आइसकेकोले भविष्यमा यो ट्रकिङ, एभिएसन र सिपिङमा प्रयोग गर्न सकिने छ ।

एमोनियाको इतिहास
सामान्यतः पिसावलाई नै परिवर्तित रुपमा एमोनियाको रुपमा प्रयोग गर्न सकिन्छ । सन् २००९ मा डा. जेरार्डिन बोटले पानीबाट हाइड्रोजन निकाल्नु भन्दा मानव पिसावबाट कसरी सस्तो मूल्यमा हाइड्रोजन निकाल्न सकिन्छ भनेर देखाएका थिए । त्यसैगरी सन् २०१७ मा युनिभर्सिटी अफ वेस्ट इंगल्यान्डका रिसर्चरहरुले माइक्रोबायल फ्युल सेलको विकास गरे, जसले इलेक्ट्रिकल सर्किटको सहयोगले पिसावमा भएको ब्याक्टेरियामार्फत रोबोटलाई रिफ्यल गर्न सक्थ्यो । यसैबाट होम एप्लायन्स चलाउन सकिने बनाइएको थियो ।

युएस आर्मी रिसर्च ल्याबका रिसर्चरहरुले पनि सैद्धान्तिक रुपमा युरिनबाट कसरी डिभाइसहरुलाई पावर दिन सकिन्छ भन्ने तथ्य पत्ता लगाएका थिए ।

एमोनिया पावरको वास्तविकता
गत वर्ष हङकङको युनिभर्सिटी अफ टेक्नोलोजीले विश्वकै पहिलो एमोनियाबाट संचालित फ्युल सेल इलेक्ट्रिक भेइकल गोल्फ कार्ट सोकेश ग¥यो, जुन अक्सफोर्ड युनिभर्सिटीको सहकार्यमा विकास गरिएको थियो ।

यसमा भएको सिलिन्डरमा लिक्विड एमोनिया स्टोर गरिन्छ, जुन क्र्याकर हुँदै जान्छ र नाइट्रोजन तथा हाइड्रोजनमा छुट्टिन्छ । हाइड्रोजनले पावरका लागि इलेक्ट्रिसिटी जेनेरेट गर्छ र भेइकल अगाडि बढ्छ । आगामी दिनमा एमोनियाबाट चल्ने मिनीबस र एयरक्राफ्ट समेत निर्माण गर्ने उनीहरुको योजना छ ।

अन्य कम्पनीको योजना
डेनमार्कको म्यान इनर्जी सोलुसन्स्ले फ्युल फ्लेक्जिवल टु स्ट्रोक एमोनिया इन्जिन बनाइरहेको छ, जसले पहिलो युनिट सन् २०२४ मा डेलिभर गर्ने योजना बनाएको छ ।

त्यसैगरी सन् २०२० मा अमेरिकामा स्थापना भएको एमोजी कम्पनीले एउटा कम्प्याक्ट, हाई इनर्जी रियाक्टर विकास गरेको छ, जसले एमोनिया क्र्याक गरेर हाइड्रोजन छुट्याउछ र फ्युल सेलले पावर जेनेरेट गर्छ । यही महिनाको शुरुवातमा एमोजी रियाक्टरले जोन डियर ट्रयाक्टर चलाएर देखायो । आगामी दिनका लागि यो कम्पनीले प्रशस्तै फन्ड खर्च गर्ने योजना बनाएको छ ।

युरिन अर्थात पिसाव पृथ्वीमा फालिने सबैभन्दा ठूलो काम नलाग्ने पदार्थ हो । यसको उपयोग गरेर भविष्यमा गाडी चलाउने कार्यलाई अझै प्रभावकारी बनाउने अपेक्षा गर्न सकिन्छ । नेपाल अटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्