मदरसाका ८० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मदरसाका ८० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर । नेपाल मुस्लिम ईत्तेहाद संगठन बिराटनगर–१७ को आयोजनामा लाईनक्वाटरको मदरसामा अध्ययनरत ८० बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । बालबालिकाका लागि शैक्षिक सामाग्री वितरण कार्यक्रम ईरफान अंसारीको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मुस्लिम ईत्तेहाद संगठनका महानगर अध्यक्ष मो. हमिद आजाद, अतिथिहरु मो. गुलजार, सरोज श्रेष्ठ, कृष्ण यादव, नुरूल मिया ,अक्बर अलिलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष हमिद आजादले बालबालिकाको पढाईलाई सहयोग गर्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको बताउँदै अध्ययनमा ध्यान दिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्