विराटनगरमा युवाहरुको लागि लाईवेरी र क्याफेलाई फ्युजन गरेर “रिडिङ क्याफे” संचालनमा

<span class='c1'>विराटनगरमा युवाहरुको लागि लाईवेरी र क्याफेलाई</span> <span class='c2'>फ्युजन गरेर “रिडिङ क्याफे” संचालनमा</span>

विराटनगर । विराटनगरमा हामी युवाले फरक तरिकाको अभियानको सुरुवात गरेको छ ।

लाईवेरी र क्याफेलाई फ्युजन गरेर रिडिङ क्याफेको अवधाराणा लिएर यो कार्य सस्थाले सुरुवात गरेको हो । यस स्थान विशेष पढ्न चाहाने युवाहरुलाई लक्षित गरि सुरुवात गरिएको हो । शनिबार एक कार्यक्रम गरी संस्थाले उक्त क्याफेको सुरुवात गरेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिम पराजुली, युवा नेता वासिम आलम, युवा नेता कृष्ण कार्की , संस्थाकि संयोजक जिना कार्की ,खेल क्षेत्रका किरण गिरी,बिक्की कार्की, ओबी मिडियाका निर्देशक बिबेक दाहाल लगायत हामी युवाका अभियन्ताहरुको उपस्तिथी रहेको थियो । कार्यक्रममा अतिथिहरुले कार्यालय परिसरमा फुल रोपेर कार्यक्रमको थालनी गरेका थिए ।

क्याफेलाई विभिन्न आर्थिक, समाजिक, समसमायिक विषयमा छलफल गर्ने थलोको रुपमा विकास गर्न योजना रहेको संस्थापक सविन दाहालले बताए ।

संस्थाले युवा सशक्तिकरण ,सकरात्मक सोच र मानसिक स्वास्थ्यमा कार्य गरिरहेको हुनाले संस्थाको उद्देश्य अनुसार नै यस कार्य अगाडी बढेको जानकारी संस्थापक सविन दाहालले दिए । बिराटनगरको मुनालपथ पुर्व रहेको आफ्नै कार्यालयमा हामी युवाले उक्त अभियान संचालन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्