विराटनगरका क्लिनिकले अब कोसी अस्पतालको नामसहित चिकित्सकको परिचय दिन नपाउने, कारवाहीका लागि अस्पतालले माग्यो प्रशासनसँग सहयोग

विराटनगरका क्लिनिकले अब कोसी अस्पतालको नामसहित चिकित्सकको परिचय दिन नपाउने, कारवाहीका लागि अस्पतालले माग्यो प्रशासनसँग सहयोग

विराटनगर । कोसी अस्पतालको नाम राखेर निजी क्लिनिक तथा अस्पतालमा बोर्ड राख्ने सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मी उपर कारवाही गरिदिन प्रशासनसँग अनुरोध माग गरिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले आइतबार जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालयलाई कारवाहीका लागि लिखित माग गरेका हुन् ।

कोसीमा कार्यरत चिकित्सक निजी क्लिनिकमा समेत बिरामीको स्वास्थ्य परीक्षण गर्न आउने जनाउ दिदैं अनाधिकृत रुपमा नाम जोड्ने गरिएको भन्दै त्यस्तो गर्नेलाई कारवाही माग गरिएको छ ।
निजी क्लिनिकका सञ्चालकले बिरामीलाई प्रभावमा पार्न सरकारी अस्पतालमा कार्यरत वरिष्ठ रोग विशेषज्ञ उल्लेख गरेर बोर्ड राख्दै आएका छन् । विराटनगरका अधिकांश निजी क्लिनिक सञ्चालकले कोसी अस्पतालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने भन्दै बोर्ड राख्ने गरेका छन् ।

यसरी बोर्ड राख्दा राम्रो र विशेषज्ञ चिकित्सक क्लिनिकमै आउने भनेर सेवाग्राहीलाई ठग्ने प्रवृत्ति बढ्दै आएको थियो । ग्रामिण क्षेत्रबाट उपचार गर्न बस चढेर आउने सेवाग्राही विराटनगरमा गाडीबाट ओर्लनसाथ सिटी रिक्सामार्फत निजी क्लिनिकमा पु¥याउने दलाल सक्रिय छन् । दलालहरुले निजी क्लिनिकमा कोसी अस्पतालका चिकित्सक आउने भनेर राखिएको बोर्ड देखाउँदै बिरामीलाई जर्बरजस्त त्यहाँ रोक्ने गरेका छन् ।

विराटनगरको शनिमन्दिरमा सबैभन्दा धेरै क्लिनिकका बिचौलिया रहँदै आएका छन् । बिचौलियालाई क्लिनिक सञ्चालकले नै सिटी सफारी किनेर दिएका छन् । ती सिटी सफारीमा अस्पतालसम्म जान चढेका सेवाग्राहीलाई क्लिनिकमा पु¥याउने काम हुने गरेको छ ।
क्लिनिकमा पुग्दा कोसी अस्पतालका चिकित्सकले नै स्वास्थ्य परीक्षण गर्ने भनेर झुक्याउनका लागि वरिष्ठ....रोग विशेषज्ञ भनेर चिकित्सकको नाम उल्लेखित बोर्ड राखिएको हुन्छ । अब कोसी अस्पतालले त्यसरी बोर्ड राख्ने क्लिनिक सञ्चालक तथा चिकित्सक समेतलाई कारवाही गरिदिन माग गर्दै स्थानीय प्रशासनसँग पत्राचार गरेको छ ।

कोसीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले सरकारी अस्पतालको अनाधिकृत रुपमा नाम प्रयोग गरेर सेवाग्राहीलाई झुक्याउने सबै निकायले तत्कालै त्यस्ता बोर्ड हटाउनु पर्ने नत्र कानुनी कारवाही गरिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्