रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको पदस्थापन सम्पन्न

<span class='c1'>रोटरी क्लब अफ विराटनगर</span> <span class='c2'>सेन्ट्रलको पदस्थापन सम्पन्न</span>

विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ ।

केही दिनअघि निर्विरोध निर्वाचित सेन्ट्रलको सातौं अध्यक्ष नम्रता रिजाल सहितका पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको हो । सोमबार विराटनगरमा आयोजित कार्यक्रमकाबिच रोटरी क्लबका गर्भनर जितेन्द्रबहादुर राजभण्डारीले रिजाललाई अध्यक्ष पदको सपथ ग्रहण गराए । शपथ ग्रहण गरेसँगै रिजालले अन्य पदाधिकारीहरुलाई पनि शपथ ग्रहण गराईन् । उक्त समारोहमा बोल्दै नवनियुक्त अध्यक्ष रिजालले विराटनगरमा देखिने गरेको रगत अभावको समस्यालाई समाधान गर्न ब्लड बैंकसँगको सहकार्य गर्दै रगतको उपलब्धता बढाउन लागिपर्ने बताइन् । यस्तै विराटनगरस्थित कोशी राजमार्गका विभिन्न ठाउँमा यात्रुहरुका लागी प्रतिक्षालय समेत निर्माण गर्ने उनीले जानकारी दिईन् ।

क्लबको नवनिर्वाचित कार्यसमितिको प्रेसिडेन्ट एलेक्टमा भने प्रिया सारडा, उपाध्यक्षमा सरिता शर्मा र सचिवमा जिना थापा सहित २९ जना बोर्ड सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्