स्वास्थ्य बिमा बोर्डले पैसा नदिँदा विराट मेडिकललाई औषधी खरिदमा समस्या

स्वास्थ्य बिमा बोर्डले पैसा नदिँदा विराट मेडिकललाई औषधी खरिदमा समस्या

विराटनगर । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको रकम भुक्तानी नहुँदा बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालको सेवा प्रवाह चुनौतीपूर्ण बनेको छ ।

स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रम अन्तर्गतकोे रकम भुक्तानी नगर्दा अस्पताललाई औषधी खरिदमा समस्या देखिएको हो । सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अस्पतालले ओपिडीमा उपचारका लागि आउने बिरामीलाई निःशूल्क औषधी उपलब्ध गराउँदै आएको थियो । तर, बिमा बोर्डले कार्यक्रम अन्तर्गतको रकम नै भुक्तानी नगरेपछि हाल अस्पताललाई थप औषधी खरिदमा कठिनाई भएको छ । औषधी खरिद गर्न नसक्ने अवस्था आएपछि एक सूचना जारी गर्दै विराट मेडिकलले असार २० गतेदेखि अनिश्चितकालका लागि औषधी उपलब्ध गराउन नसक्ने जनाएको छ ।

स्वास्थ्य बिमा बोर्डले औषधी र उपचार बापत विराट मेडिकललाई कुल ४० करोड भुक्तानी गर्नुपर्ने देखिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बिरामीहरुलाई दिईने औषधी बापत मात्रै बिमा बोर्डले अस्पताललाई करिब १६ करोड तिर्नुपर्ने देखिएको छ ।

अस्पतालको सरकारी कार्यक्रममा फोकल पर्सन निरज श्रेष्ठका अनुसार अस्पतालको तर्फबाट भुक्तानीका लागि बिमा बोर्डलाई पत्र समेत पठाईसकिएको छ । बोर्डले भने असार मसान्तसम्म भुक्तानी हुने आश्वासन दिएको जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्